पछाडी जानुहोस्

करियरको नाम (Career Name)

बारटेण्डर (Bartender)

P

(Primary Potential)

विवरण (Definition)

बारमा मादक तथा शीतल पेयपदार्थको सम्मिश्रण तयार गरी आफ्ना ग्राहक अतिथिहरूको सत्कार गर्ने, बारको आपूर्ति र पेयपर्दाथहरूको सूची कायम गर्ने व्यक्तिलाई बार टेण्डर भनिन्छ |

प्रमुख कार्यहरू (Major Tasks)

    -बार तथा व्यक्तिगत सफाइमा ध्यान दिने

    -बारमा चाहिने पेयपदार्थको आवश्यक मात्रा भण्डारण गर्ने

    -अतिथि सेवासत्कार गर्ने कक्टे (जस्तै, ब्लडीमेरी, क्यबालिबै, मार्गरिटा,रम्पन्च, क्यपेकोड) र मोक्टेल (जस्तै, सिन्डेला, भर्जिनम्यारी, फ्रेसमिन्ट कलर,फूटपञ्च, भर्जिनकोलाडा, टोपिकाना) आदिका विभिन्न सम्मिश्रण तयार गर्ने

महत्व र फाइदाहरू (Importance and advantages)

    -होटल व्यवसायको विकाससँगै बार टेण्डरको बढ्दो माग

    -होटल व्यवसायसँग सम्बन्धित अरू क्षेत्रको तालीम लिएर पेशालाई फैलाउन

    -रोजगारीको अवसर

    -जनसम्पर्क बढने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))

वाञ्छनीय योग्यता (Eligibility)

प्राथमिक क्षमता (Primary Potential): व्यक्तिगत (Personal)

दितीयक क्षमता (Secondary Potential): शारीरिक-यान्त्रिक (Physical-Mechanical)

क्यारियर पथ (Career Path)

१. बार टेण्डरसम्बन्धी तह १ (९० घण्टा) को तालीम

कार्य क्षेत्र (Working Area)

बार, होटल

क्यारियर विकास पथ (Career Developmment Path)

सुपरभाइजर                            प्रारम्भिक मासिक आय

प्रारम्भिक मासिक आय (Initial Monthly Income) १५,०००-२०,०००