करियरको नाम (Career Name)
प्रयोगशाला प्राविधिक (Lab Technician)
PM
(Primary Potential)
विवरण (Definition)
प्रयोगशाला प्राविधिकले मानव शरीरमा हुने तरल वस्तु, तन्तुकोष र अन्य तत्वहरूको संकलन, परीक्षण तथा जाँच गर्ने काम गर्छन् । यिनले प्रयोगशाला प्रविधिका विज्ञ व्यक्तिको मार्गनिर्देशनमा आफ्नो काम गर्छन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-रगत, पिसाब, दिशा, तन्तु आदिका नमूनाहरू प्राप्त गर्ने, लेबल गर्ने
र विश्लेषण गर्ने
- सबै नमूनाहरूको परीक्षण गरी परिणामको सही र व्यवस्थित अभिलेख
(रेकर्ड) राख्ने
- माइक्रोस्कोप तथा अन्य उपकरणको प्रयोग गरी संकलित नमूनाहरूको
परीक्षण गर्ने तथा किटाणुहरूको पहिचान गर्ने
- प्रयोगशालाका सर–समानको स्याहार तथा सम्भार गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-स्वास्थ्य क्षेत्रको विकाससँगै प्रयोगशाला प्राविधिकको बढ्दो माग
- रोजगारीको प्रशस्त अवसर
- आंशिक तथा पूर्णकालिन काम गर्न सकिने
- आफ्नै प्रयोगशाला खोल्न सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) माध्यमिक शिक्षा परीक्षा
विकल्प २ (Option2) माध्यमिक शिक्षा परीक्षा
विकल्प ३ (Option 3) जीवविज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
विकल्प १ (Option 1) १. मेडिकल ल्याबटेक्नोलोजीमा प्राविधिक एसएलसी
विकल्प २ (Option2) १. मेडिकल ल्याबटेक्नोलोजी मा डिप्लोमा CLMT(३ वर्ष)
विकल्प ३ (Option 3) १. मेडिकल ल्याबटेक्नोलोजी BMLT मा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | अस्पताल, अनुसन्धान केन्द्र, रोग निर्धारण केन्द्र (डायग्नोष्टिक सेन्टर), ब्लड बैंक |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
मेडिकल ल्याबटेक्नोलोजीमा डिप्लोमा CLMT (३ वर्ष), अनि स्नातक -प्रशिक्षक -मेडिकल ल्याबटेक्नोलोजीमा स्नातक - प्रयोगशाला इन्चार्ज - वरिष्ठ प्रयोगशालाविद -अनुसन्धानकता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २५,०००-३०,००० |