पछाडी जानुहोस्

करियरको नाम (Career Name)

पशु चिकित्सक (Veterinarian)

PM

(Primary Potential)

विवरण (Definition)

विभिन्न प्रजातिका जीवजन्तुहरूको हेरविचार, जनावरहरूमा लाग्ने विविध रोग र रोगको निदान, चोटपटकको उपचार तथा रोकथाम कार्य गर्ने व्यक्तिलाई पशु चिकित्सक भनेर चिनिन्छ । यिनले पशुपंक्षीबारे कुनै विशेष विषयको उपचार पद्धतिमा विशेषज्ञता हासिल गरी, जैविक र औषधिजन्य उत्पादनहरू उत्पादन गर्ने व्यावसायिक फर्महरूमा आफ्नो सेवा पेशागत रूपमा प्रदान गर्छन् ।

प्रमुख कार्यहरू (Major Tasks)

    -जनावरहरूको हेरविचार र प्रजननमा सल्लाह दिने

    -जनावरको शारीरिक जाँच गर्ने

    -प्रयोगशाला परीक्षण, रेडियोग्राफी र अल्टासाउण्ड जस्ता डायग्नौष्टिक

    प्रविधिद्वारा पशु रोगको पहिचान गर्ने

    -सर्जिकल वा चिकित्सा पद्धतिबाट पशुचिकित्सा उपचार व्यवस्थापन गर्नै

    -पशुपपक्षीमा रोगहरू फैलनबाट रोक्नको लागि योजना बनाउने

महत्व र फाइदाहरू (Importance and advantages)

    -कृषि प्रधान देशमा यसको आफ्नै सम्मान

    -आफ्नै गाउँठाउँमा काम गर्न सकिने

    -रोजगारीको अवसर

    -आफ्नै क्लिनिक खोल्न सकिने

सम्भावित (Potential)

प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)

द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))

वाञ्छनीय योग्यता (Eligibility)

विकल्प १ (option 1)

माध्यमिक शिक्षा परीक्षा 

 

विकल्प २ (option 2)

माध्यमिक शिक्षा परीक्षा

 

विकल्प ३ (Option 3)

जीवविज्ञानमा दश जोड दुई

क्यारियर पथ (Career Path)

विकल्प १ (option 1)

-पशुविज्ञानमा प्राविधिक एसएलसी 

 

-पशुविज्ञानमा डिप्लोमा (३ वर्ष)

-पशुचिकित्सामा स्नातक

 

विकल्प २ (option 2)

 

-पशुविज्ञानमा डिप्लोमा (३ वर्ष)

    

-पशुचिकित्सामा स्नातक

 

विकल्प ३ (Option 3)

-पशुचिकित्सामा स्नातक

कार्य क्षेत्र (Working Area)

क्लिनिक, पशु अस्पताल, औषधि कम्पनी, पोल्टी फार्म

क्यारियर विकास पथ (Career Developmment Path)

-पशुचिकित्सामा स्नातकोत्तर                               -प्रशिक्षक

-वरिष्ठ पशुचिकित्मतक                                      -पशु क्लिनिक सञ्चालक

-अनुसन्धानकर्ता                                               -प्राध्यापक                        

                                 

                       

 

प्रारम्भिक मासिक आय (Initial Monthly Income) २५,०००-३०,०००